२२ बीमा कम्पनीको सेयर मूल्य घट्यो, कुनको कति ?

१७ माघ २०८०, बुधबार १६:०७

काठमाडौँ । साताको तेस्रो कारोबारको दिन सेयर बजार राताम्य भएको छ । बजार दोहोरो अकंले घट्दा अधिकांश कम्पनीको सेयर मूल्य घटेको हो ।

बुधबार जीवन बीमा र निर्जीवन बीमा समूहको सेयर मूल्य समेत राताम्य भएको छ । नेप्सेमा सुचिकृत २४ वटा जीवन र निर्जीवन बीमा कम्पनीहरुमध्ये २२ वटाको सेयर मूल्य घटेको छ भने २ वटाको मूल्यमा मात्र सुधार देखिएको हो ।

जीवन बीमा तर्फ १ कम्पनीको मूल्य बढेको छ भने ११ कम्पनीको सेयर मूल्य घटेको हो । आज जीवन बीमातर्फ एलआइसी नेपालको सेयर मूल्य मात्र बढेको हो । कम्पनीको सेयर प्रतिकित्ता २ रुपैयाँ २ पैसाले बढेको हो ।

निर्जीवन बीमा तर्फ १ कम्पनीको सेयर मूल्यमा सुधार आउँदा ११ कम्पनीको मूल्य भने घटेको हो । आज राष्ट्रिय बीमा कम्पनीको सेयर मुल्य मात्र बढेको हो । कम्पनीको सेयर प्रतिकित्ता १ रुपैयाँले बढेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*