१९ वटै वाणिज्य बैंकको सेयर मूल्यमा गिरावट, कुनले कति गुमाए ?

१७ माघ २०८०, बुधबार १६:२५

काठमाडौँ । सेयर बजार ओरालो लाग्दा सेयर समूह राताम्य भएको छ । बजार आज दोहोरो अकंले घट्दा बैंकका लगानीकर्ता निराश भएका हुन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत १९ वटै वाणिज्य बैंकका सेयर मूल्य घटेको हो । निरन्तर खुम्चि रहेको बैंकिङ्क समूहको सेयर आज पनि राताम्य हुँदा लागनीकर्तामा निराशापन पैदा भएको हो ।

आज सर्वाधिक एभरेष्ट बैंकको सेयर मूल्य घटेको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता ६ रुपैयाँले घटेर ५३४ रुपैयाँमा सिमित भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*