आरम्भ चौतारी लघुवित्तको ८२ लाख नाफा गायब, वितरणयोग्य नाफा समेत ४१ प्रतिशतले घट्यो

१८ माघ २०८०, बिहीबार ०८:००

काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा कम्पनीको ८२ लाख रुपैयाँ नाफा गायब भएको छ ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीले १ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको तुलनामा ३९.३६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी १२.२० प्रतिशत घटेर १२ करोड ८३ लाख रुपैयाँ रहेका छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी १४ करोड ६१ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको सञ्चालन मुनाफा ३९.४६ प्रतिशत घटेर १ कारेड ७८ लाख रुपैयाँमा सिमित भएको छ । यता, पुस मसान्तसम्ममा कम्पनीको वितरण योग्य मुनाफा ४१.४९ प्रतिशतले घटेर २ करोड ४६ लाख रुपैयाँ रहेको छ।

समिक्षा अवधिमा कम्पनीकोे चुक्तापूँजी ३६ करोड ७१ लाख, जगेडा कोषमा १३ करोड ९६ लाख रुपैयाँ सञ्चित रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी आम्दानी ४ रुपैयाँ ४४ पैसा घटेर ६ रुपैयाँ ८० पैैसा र प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ३९ पैसा रहेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*