हिमालयन लाइफ इन्स्योरेन्सको साधारण सभा आज, के–के छन् एजेण्डा ?

१८ माघ २०८०, बिहीबार ०८:०७

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको आज अर्थात माघ १८ गते १६ औं बार्षिक साधारण सभा बस्दैछ । सभा, सिल्भर ओक बेंक्वेट, गैरीधारा काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ

साविक युनियन, प्राइम र गुराँस लाइफको आव २०७८।७९ को बार्षिक वित्तिय विवरणमा आधारित बार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले उक्त साधारणसभाबाट शेयर धनीलाई लाभांश वितरण नगर्ने निर्णय गर्दै वित्तीय विवरण मात्रै सञ्चालक समितिबाट पारित गर्ने नियमित एजेण्डा राखेको छ । साथै कम्पनीले सञ्चालक समिति र उप समितिलाई भुक्तानी गरेको भक्ता पारित गर्ने एजेण्डा समेत राखेको छ । त्यस्तै, संस्थापक शेयरधनीहरुको तर्फबाट तीन जना र सार्वजनिक शेयरधनीहरुको तर्फबाट तीन जना गरी कूल छ जना सञ्चालक निर्वाचित गर्ने एजेण्डा समेत प्रस्ताव गरेको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ ३ गते बुक क्लोज गरी सकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*