सिटिजन्स बैंकले ३० लाख इकाई ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

१८ माघ २०८०, बिहीबार ०८:१३

काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा सिटिजन्स बैंकले ऋणपत्र बिक्रीका लागि अनुमति मागेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरले कुल ३० लाख इकाई बरऋणपत्र बिक्री निष्कासनको अनुमति मागेको हो ।

कम्पनीले बिक्री अनुमति मागेको ऋणपत्र मध्ये १२ लाख इकाई सर्वसाधारण र १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदर भएको ‘सिटिजन्स बैंक डिबेन्चर, २०९०’ बिक्री गर्न लागेको हो ।

उक्त ऋणपत्रको अवधि १० वर्षको हुनेछ भने कम्पनीको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*