निर्धन उत्थान लघुवित्तको साधारण सभा फागुन ११ गते, शेयरधनीलाई छैन लाभांश

१८ माघ २०८०, बिहीबार १०:५४

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ औं वार्षिक साधरण सभा आह्वान गरेको छ । कम्पनीको माघ १७ गते बसेको बैठकले फागुन ११ गते शुक्रबार, कम्पनीको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको हो ।

कम्पनीले सभामा लाभांशसम्बन्धी कुनै पनि प्रस्ताव राखेको छैन् । सभाले गत आर्थिक वर्षको प्रतिवेदन छलफल गरी पारित गर्नेछ । त्यस्तै, लेखापरीक्षकको प्रतिवेदन सहितको नाफा, नोक्सान लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।

त्यसैगरी सभाले चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्ने र संस्थाको सञ्चालक समितिका सदस्यहरुको मनोनयन अनुमोदन गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले माघ २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार सोको अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*