जीवन विकास लघुवित्तमा रोजगारको अवसर, एसईई उत्तीर्णले आवेदन दिन पाउने

१८ माघ २०८०, बिहीबार ११:५२

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।

कम्पनीले कनिष्ठ सहायक प्रशिक्षार्थीमा केही संख्यामा कर्मचारी माग गरेको छ । यसका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट एसईई (जिपिए कम्तीमा २) वा सो सरह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।

त्यस्तै, सकायक प्रशिक्षार्थीका लागि प्लस टू वा सो सरह उत्तीर्ण भएको हुनुपर्नेछ भने आधारभूत कम्प्युटर तालिम प्राप्त गरेकालाई प्राथमिकता दिइनेछ ।

दरखास्त आवेदनका लागि अन्य योग्यता सूचनामा तोकेबमोजिम हुनेछ । आवेदन दिन योग्य एवम् इच्छुक व्यक्तिले आवश्यक कागजातसहित फागुन ३ गतेभित्र आवेदन दिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*