नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग र कालिञ्चोक दर्शनबीच व्यवसायिक सम्झौता

१८ माघ २०८०, बिहीबार १७:४५

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडबीच व्यवसायिक सहकार्य गर्ने सम्झौता भएको छ । दुई कम्पनीहरुले आज (माघ १८ गते) सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौतापत्रमा बैकिङ्गका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र कालिञ्चोक दर्शनका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले हस्ताक्षर गरेका हुन् ।

सो सम्झौताअनुसार नेपाल एसबिआई बैंकमा डिम्याट खाता खोली सञ्चालन गर्दै आएका ग्राहक र आगामी दिनमा खाता खोल्ने नयाँ ग्राहकलाई कालिञ्चोक दर्शनले सञ्चालन गरेको केबलकार चढ्दा १० प्रतिशत विशेष छुट प्रदान गर्ने सहमति भएको जनाइएको छ ।

समारोहमा दुईवटै संस्थाका वरिष्ठ कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*