विद्युत प्राधिकरणका कर्मचारीद्धारा एनआईसी एसिया बैंकले बीमाको नाममा ठगी गरेको आरोप

१८ माघ २०८०, बिहीबार १७:५०

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कर्मचारीले एनआईसी एसिया बैंकलाई बीमाको नाममा ठगी गरेको आरोप लगाएको छ । प्राधिकरण र बैंकबीच २०७९ साउन २९ गते पे–रोल व्यवस्थापनसम्बन्धी सम्झौता र सम्झौतामा उल्लेख भएका सामुहिक दुर्घटना तथा औषधिउपचार वीमा सुविधा (कडा रोगसमेत) बैंकले पालना नगरेको प्राधिकरणले आरोप लगाएको हो ।

प्राधिकरणका कर्मचारी सन्तोष श्रेष्ठले ६६ हजार बीमा दाबी गरेकोमा उनले २५ हजार रुपैयाँमात्र पाएको सामाजिक सञ्जालमा लेखेका छन् । यस्तै अधिकांश कर्मचारीले उपचार बीमा माग गर्दा ८५ प्रतिशतसम्म कटौती गरेर लामो समयपछिमात्र भूक्तानी दिने गरेको कर्मचारीहरूको गुनासो रहेको छ।

प्राधिकरणले त्यहाँ कार्यरत कर्मचारीको दुर्घटना र उपचार बीमा एनआईसी एसियामा गर्ने सम्झौता भएको भए पनि बैंकबाट एकपक्षीय रुपमा सम्झौता पालना नभएको जनाएको हो ।

जनसाधन विभागका निर्देशक शिवकुमार अधिकारीले यही माघ १६ गते बैंकलाई पत्र लेख्दै जम्मा बीमा दाबी संख्या ५ सय १३ भएको तर भूक्तानी ५३ मात्र भएको, आँखासम्बन्धी उपचारको फायल फिर्ता पठाएको र यथाशीघ्र बीमा दाबी फस्र्याैट गर्न लिखित पत्राचार गर्दासमेत कार्यप्रगतिमा कुनै सुधार नदेखिएको उल्लेख गरेका छन् ।

भूक्तानी भएका बीमा दाबीहरू तोकिएको समयमा प्राप्त नभएको, बीमा दाबीहरूमा अस्वभाविक रुपमा रकम कटौती भएको र सोको कारण पनि उल्लेख नगरेको र, भर्ना भएर उपचार गराउँदासमेत ओपिडी तथा इमर्जेन्सी टिकट माग गर्दै दाबीयोग्य नहुने भन्दै फायल फिर्ता पठाएको प्राधिकरणले लेखेको पत्रमा उल्लेख छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*