नेशनल लाइफले सम्पन्न गर्यो रानीमहल र लुम्बिनी भ्रमण

१८ माघ २०८०, बिहीबार १७:५८

काठमाडौं । नेशनल लाइफ कम्पनीको मासिक योजना अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताको उपस्थितीमा कम्पनीले लक्जरी टुर अन्तर्गत नेपालको प्रसिद्धस्थल लुम्बिनी र पाल्पाको रानी महल भ्रमण गराएको छ ।

कम्पनीका विभागिय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुखहरु र देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट भएका करिब ४०० जना भन्दा बढी अभिकर्ताहरुको सहभागिता रहेको थियो । सो अवसरमा कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत स्मृतीराज कँडेलको सभापतित्वमा सम्मान कार्यक्रमको आयोजना गरी उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई सम्मान तथा प्रमाण पत्र प्रदान गरिएको थियोे ।

कँडलले यस्ता भ्रमण कार्यक्रमबाट देशका विभिन्न क्षेत्रका अभिकर्ताहरुबीच एक आपसमा अन्र्तक्रिया हुने र मनोरञ्जन पनि प्राप्त हुनुका साथै अभिकर्ता समूहको दक्षता अभिबृद्धिमा समेत प्रत्यक्ष लाभ पू¥याउने भएको हुँदा कम्पनीले यस प्रकारको अभिकर्ता योजना ल्याएको र अभिकर्ताहरुको उत्साहजनक उपस्थितीले योजना सफल भएको महशुस गरिएको बताए ।

कार्यक्रमका सहभागीलाई धन्यवाद ज्ञापन गर्दै बजार विभाग प्रमुख विवेक शर्माले तोकिएको व्यवसायिक लक्ष्य पुरा गर्दै कम्पनीलाई बीमा बजारमा अग्रस्थानमा पु¥याउनका लागि अभिकर्ताहरुको अत्यन्तै महत्वपूर्ण भूमिका हुने भएको हुँदा अभिकर्ता समूहको सल्लाह सुझावमा नै कम्पनीले योजना जारी गर्ने बताए । उक्त कार्यक्रमको संचालन एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*