युनिक नेपाल लघुवित्तको मुनाफामा छलाङ, प्रतिसेयर आम्दानीसहित अन्य सूचक कस्ता ?

१९ माघ २०८०, शुक्रबार १०:५९

काठमाडौँ । युनिक नेपाल लघुवित्तको मुनाफामा छलाङ आएको छ । अधिकांश लघुवित्तको मुनाफा संकुचन देखिदा युनिकको मुनाफा भने आकाशिएको हो । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा कम्पनीको मुनाफा ३ करोड ३२ लाख २६ हजार रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ११८.८२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा १ करोड ५१ लाख ८४ हजार रुपैयाँमा सिमित थियो ।

पुष समान्तसम्मको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ११ करोड ८१ लाख ७७ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी १३ करोड ४० लाख ३३ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको सञ्चालन आम्दानी १३०.५८ प्रतिशतले बढेर ४ करोड ५९ लाख ९७ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिका कम्पनीको उक्त नाफा १ करोड ९९ लाख ४८ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ, वितरणयोग्य नाफा ७९ लाख १३ हजार रुपैयाँ ऋणात्मक र खराब कर्जा २.५५ प्रतिशतले बढेर ९.९२ प्रतिशत पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६३ रुपैयाँले बढेर २२ रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ ३२५ रुपैयाँ ६४ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*