नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले शेयरधनीलाई लाभांश नदिने

१९ माघ २०८०, शुक्रबार ११:३१

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश नबाड्ने निर्णय गरेको छ ।

बैंकको आज (माघ १९ गते) शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

साथै, उक्त बैठकले लाभांश वितरण नगर्ने निर्णयसहित गत आवको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*