खुद ब्याज आम्दानी घट्दा र सञ्चालन नाफा ऋणात्मक हुँदा समाज लघुवित्त घाटामा

१९ माघ २०८०, शुक्रबार १६:३५

काठमाडौं। समाज लघुवित्त चालु आर्थिक वर्षको दोस्रो त्रैमाससको वित्तिय विवरण सार्वजनिक गरेको छ। लघुवित्तले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार यस त्रैमाससम्ममा१६ लाख ७० हजार रुपैयाँ खुद घाटामा रहेको देखिएको छ।

लघुविवर्षको यसैअवधिमा ७५ लाख ८२ हजार रुफैयाँ नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी घट्दा र सञ्चालन नाफा ऋणात्मक हुँदा संस्था घाटामा पुगेको हो । १ करोड ९३ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी अहिले घटेर ६७ लाख ६ हजार रुपैयाँमा झरेको छ ।

समाजको चुक्ता पुँजी २ करोड २८ लाख रुपैयाँ रहेको छ । संस्थाको जगेडा कोष २३ सय प्रतिशतले बढेर २ करोड २४ लाख रुपैयाँ पुगेको छ । यसअवधिसम्म आइपुग्दा लघुवित्तको प्रतिसेयर आम्दानी (वार्षिक) ७ रुपैयाँ ३१ पैसा नोक्सानीमा छ । प्रतिसेयर नेटवर्थ भने ९३।५९ रुपैयाँले बढेर १९८ रुपैयाँ २६ पैसा पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*