प्राधिकरणका अध्यक्ष सिलवालद्वारा बीमालाई प्रबिधि मैत्री बनाउन जाेड

१९ माघ २०८०, शुक्रबार १८:४६

काठमाडाैं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमालाई प्रबिधिमैत्री बनाउन जाेड दिएका छन् ।

नेकाे ईन्स्याेरेन्सकाे इन्स्याेरेन्स साेलुशन एप सार्वजनिक गर्दै अध्यक्ष सिलवालले बीमालाई प्रबिधि मैत्री बनाउन आग्रह गरे । अध्यक्ष सिलवालले डिजिटलकाे माध्यमबाट बीमा गराउने कार्यसँगै डाटा र सुरक्षामा ध्यान दिन आग्रह गरेका छन् ।

अध्यक्ष सिलवालले बीमाकाे पहुच बढाउन दावी भुक्तानी प्रभावकारी बनाउन आग्रह गरेका छन् । अध्यक्ष सिलवालले बीमा साक्षरता बढाउन आग्रह गरेका छन् । अध्यक्ष सिलवालले बीमा सम्बन्धी एप र बीमा प्रबिधि तथा सुरक्षामा लगानी गर्न आह्वान गरेका छन् ।

अध्यक्ष सिलवालले बीमालाई अभै विश्वासिलाे भरपर्दाे बनाउन आवश्यक रहेकाे बताउँदै दावी भुक्तानी तीव्रपार्दै बीमालाई विश्वसनिय बनाउन निर्देशन दिएका छन् । अध्यक्ष सिलवालले बीमा कम्पनीहरूले मातहतका निकायलाई बीमा दावी भुक्तानीकाे अधिकार दिनुपर्ने बताए ।

अध्यक्ष सिलवालले भने, ‘टेबुलमा बसेरै आफ्नै घरकाे बीमा गर्न सफल भएँ । अब दावी भुक्तानी पनि यसैगरी पाउने व्यवस्था गर्नुपर्दछ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*