सूर्योदय वोमी लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

२१ माघ २०८०, आईतवार १०:३०

काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको माघ १९ गते अर्थात शुक्रबार बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको १४.०७७ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र वितरण गरीनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*