एशियन लाइफ इन्स्योरेन्सका संचालक सुरेन्द्र कुमार गोयलले दिए राजीनामा

२१ माघ २०८०, आईतवार १०:४६

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्सका संचालक सुरेन्द्र कुमार गोयलले राजीनामा दिएका छन् । गोयलले ब्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका हुन् ।

उनको राजीनामा माघ १९ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो । गोयल कम्पनीमा प्रथम इन्भेष्टमेन्ट प्रालिको तर्फबाट प्रतिनिधित्व गर्दै आएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*