ग्लोबल आइएमई लघुवित्तको मुनाफा ४ करोड ७८ लाख, कस्ता छन् अन्य सूचक ?

२१ माघ २०८०, आईतवार ११:०३

काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफा २६.५७ प्रतिशतले घटेर ४ करोड ७८ लाख ३० हजार रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ६७ करोड ५१ लाख ४४ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको खुद ब्याज आम्दानीमा सुधार देखिएको छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २८ करोड ६३ लाख ९२ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १०.५० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी २५ करोड ९१ लाख ७० हजार रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षको पुष समान्तसम्ममा कम्पनीको संचालक नाफा ९ करोड ३२ लाख १ हजार रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा घटेर ६ करोड ८३ लाख ५७ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ६१ करोड ८९ लाख रुपैयाँ, जगेडा कोष ६७ करोड ५८ लाख रुपैयाँबाट घटेर ५० करोड १८ लाख रुपैयाँ, वितरणयोग्य नाफा ८७ लाख ९२ हजार रुपैयाँ र खराब कर्जा बढेर ४.२१ प्रतिशत रहेको छ ।

यसअवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ १२ पैसाले घटेर १५ रुपैयाँ र ४६ हजार रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ ९ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*