एशियन लाइफले बोनस शेयर वितरण गरेपछि हकप्रद शेयर जारी गर्ने

२१ माघ २०८०, आईतवार ११:२३

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस शेयर वितरण गरेपछि हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीको माघ १९ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

कम्पनीले गते वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७.७५ प्रतिशत बोनस शेयर वितरण गरेपछि कायम हुने चुक्ता पूँजी तीन अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँको ४२ प्रतिशत अर्थात १ः०.४२ को अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको हो ।

नेपाल बीमा प्राधिकरणले कम्पनीलाई चुक्ता पूँजी पाँच अर्ब पुर्याउने निर्देशन दिएपछि हकप्रद शेयर जारी गर्न लागिएको कम्पनीले बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*