व्यतित बीमालेख नवीकरण गर्दा नेपाल लाइफले विलम्ब शुल्कमा ३०% सम्म छुट दिने

२१ माघ २०८०, आईतवार १२:१२

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा ३० प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ ।

कम्पनीले १८० दिनभन्दा माथि तीन वर्षसम्म व्यतित भएका बीमालेखहरुमा ३० प्रतिशत, तीन वर्षभन्दा माथि पाँच वर्षसम्म व्यतित भएका बीमालेखहरुमा २५ प्रतिशत र पाँच वर्षभन्दा माथि व्यतित भएका बीमालेखहरुमा २० प्रतिशत छुट दिने भएको छ ।

साथै, एक पटक विलम्ब शुल्कमा छुट लिई सकेका बीमितहरुलाई पुरा बीमा अवधिभर पुनः छुट नहुने सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*