फागुन १ गतेदेखि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ऋणपत्र निष्कासन गर्ने, ब्याजदर कति ?

२२ माघ २०८०, सोमबार १०:३९

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले फागुन १ गतेदेखि प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख ४० हजार इकाई ऋणपत्र जारी गर्न लागेको हो ।

जसमध्ये १६ लाख १६ हजार इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ भने बाँकी २४ लाख २४ हजार इकाई सर्वसाधारणका लागि खुला हुनेछ । यसमध्ये ५ प्रतिशत अर्थात ८० हजार ८०० कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । नेपाल इन्भेष्टमेन्ट मेगाले १० वर्ष अवधिको ‘१० प्रतिशत एनआइएमबी डिबेन्चर २०९०’ जारी गर्न लागेको हो ।

उक्त ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर दिने छ । यता, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । ऋणपत्रमा फागुन ४ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने फागुन १५ गतेसम्म खुला रहनेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।

यस ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*