स्वावलम्बन लघुवित्तमा रोजगारको अवसर, एसईई उत्तीर्णले आवेदन दिन पाउने

२२ माघ २०८०, सोमबार १२:२६

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीको कार्यक्षेत्र भित्रको जुनसुकै कार्यालमा काम गर्न दरखास्त आह्वान गरेको हो ।

कम्पनीले सहायक ‘चार’ तहमा केही संख्यामा कर्मचारी माग गरेको छ । सोको लागि प्रमाणपत्र तह, १२ कक्षा वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । त्यस्तै, उपसहायक ‘चार–क’ तहमा एसईई वा सो सरह उत्तीर्णले आवदेन दिन पाउने गरी कर्मचारी माग गरेको छ ।

दुबैमा कम्प्युटर सम्बन्धी आधारभूत तालिम लिएको र मोटरसाईकल वा स्कूटरको सवारी चालक अनुमति प्राप्त गरेकालाई विशेष प्राथमिकता दिइनेछ । सूचनामा तोकेबमोजिमको योग्यता भएको इच्छुक व्यक्तिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*