दोलखाका एक दम्पतीले छोरीको जन्मदिनमा दिए बीमा पोलिसी उपहार

२२ माघ २०८०, सोमबार १५:३३

काठमाडौं । जन्मदिन भन्ने बित्तिकै गिफ्टको रुपमा बिभिन्न महंगो र अनावश्यक उपहार दिन तम्सिने हाम्रो समाज आजभोलि केही सभ्य र भविष्यप्रति सचेत देखिन थालेको छ । विभिन्न चाडपर्व तथा उत्सव आदिमा अनावश्यक भोजभतेर र फजुल खर्च गर्न छाडेर भविष्यका लागि बीमा पोलिसी उपहार दिने अभ्यास बढ्दै गइरहेको छ । यसैका एक उदाहरण बनेका छन् दोलखाका एक दम्पती !

मेलुङ गाउँपालिका वडा नं ३, दोलखा निवासी अरुण थोकर र बम्बई थोकरले छोरी अन्जना थोकरको जन्मदिनको अवसर पारेर १५ लाखको बीमा पोलिसी उपहारस्वरुप दिएका छन् ।

थोकर दम्पतीले उक्त पोलिसी हिमालयन लाइफका अभिकर्ता एमडिआरटी सिनियर एजेन्सी मेनेजर आशिष लामा मार्फत बीमा पोलिसी हस्तान्तरण गरेका हुन् ।

छोरीको उज्ज्वल भविष्य तथा सम्पूर्ण परिवारको जोखिम बहनसहित बचत अनि सुरक्षाको निम्ति बीमा पोलिसी उपहार दिएको बताएका छन् ।

यस प्रकारको कार्यले समाजमा बीमाप्रति सकारात्मक सन्देश प्रवाह हुने विश्वास कम्पनीले लिएको छ । विभिन्न चाडपर्व तथा उत्सवआदिमा क्षणिक रमाइलो गर्न अनावश्यक खर्च गर्नुभन्दा बीमा पोलिसी उपहार दिनु उत्तम विकल्प भएको बीमा विज्ञहरु बताउछन् ।

One thought on “दोलखाका एक दम्पतीले छोरीको जन्मदिनमा दिए बीमा पोलिसी उपहार

  1. Ramnath sah says:

    2080/10/18dekhi child policy band vayo kasri gare hola t ki buwa ko bima gareko ho ki sir

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*