वाणिज्य बैंकहरुमा कुनको सेयर मूल्य कति ?

२२ माघ २०८०, सोमबार १७:०३

काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सेयर बजारमा सुधार आएको छ । निरन्तर दिन दिन घटेको बजार आज सुधार आएको हो ।

बजारमा सुधार आएसँगै आज वाणिज्य बैंक समूहको सेयर १.५९ प्रतिशतले बढेर ११३८.६० बिन्दुमा बन्द भएको हो । आज कारोबारका आएका १९ बैंकहरु मध्य ९ कम्पनीको मूल्य बढेको छ भने एक कम्पनीको स्थिर रहेको छ । बाँकी ९ कम्पनीको मूल्य घटेको हो ।

सोमबार सर्वाधिक सेयर मूल्य बढाउने कम्पनीमा एनआइसी एशिया बैंक रहेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १.३७ प्रतिशत अर्थात ६ रुपैयाँ ४० पैसाले बढेर ४७४ रुपैयाँ ९० पैसा रहेको छ ।

त्यस्तै, आज सर्वाधिक घट्ने कम्पनीका ग्लोबल आइएमई बैंक रहेको छ । बैंकको सेयर मूल्य ०.५१ प्रतिशत अर्थात् १ रुपैयाँले घटेर १९३ रुपैयाँ ६० पैसामा सिमित भएको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*