महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

२३ माघ २०८०, मंगलवार १०:५७

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न बैंकमा निवेदन दिएपछि बैंकले शेयर बिक्रीमा ल्याएको हो ।

यस शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई रहेको छ । सो शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित सूचना प्रकाशित मिति (माघ २३ गते) ले ३५ दिनभित्र निवेदन दिनुपर्नेछ । बैंकले बिक्री गर्न लागेको शेयर संख्याभने खुलाएको छैन् ।

शेयर खरिदको निवेदन बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा दिनुर्नेछ । साथै तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*