मिथिला लघुवित्तको मुनाफा १ करोड ३३ लाख, कस्ता छन् अन्य सूचक ?

२३ माघ २०८०, मंगलवार १०:४८

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा मिथिला लघुवित्त वित्तीय संस्थाले १ करोड ३३ लाख २४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको भन्दा ३८.७३ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा २ करोड १७ लाख ४७ हजार रुपैयाँ रहेको थियो ।

पुष मसान्तसम्मको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २.५६ प्रतिशतले घटेर ५ करोड ५७ लाख ७८ हजार रुपैयाँमा पुगेको छ ।गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ५ करोड ७२ लाख रुपैयाँ रहेको थियो ।

यता, सञ्चालन नाफा ५७.२० प्रतिशतले घटेर १ करोड १२ लाख १६ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा २ करोड ६२ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खराब कर्जा १.१८ प्रतिशतले बढेर ४.४७ प्रतिशत, चुक्ता पुँजी १९ करोड ६० लाख २ हजार रुपैयाँ र जगेडा कोषमा १३ करोड १७ लाख ५१ हजार रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ६ पैसा र नेटवर्थ १६७ रुपैयाँ २२ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*