शेयर बजारमा बैंक तथा वित्तिय संस्था र बीमाको हिस्सा ५८ प्रतिशत, अन्य सेक्टरको कति ?

२३ माघ २०८०, मंगलवार १३:००

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्ममा नेप्सेमा सूचीकृत कम्पनीको संख्या २७१ पुगेको छ ।नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु पुस मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७१ पुगेको छ ।

सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संंस्था र बीमा कम्पनी रहेका छन्भने ९१ जलविद्युत्कम्पनी, २१ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् ।
२०७९ पुसमा सूचीकृत कम्पनीहरूको संख्या २४९ रहेको थियो ।सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५८.६ प्रतिशत रहेको छ ।

त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १५.३ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.४ प्रतिशत, होटेलको हिस्सा ३.१ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.५ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० पुस मसान्तमा सूचीकृत ८ अर्ब १७ करोड शेयरको चुक्ता मूल्य रु.८०९ अर्ब ८३ करोड रहेको छ ।  आर्थिक वर्ष २०८०/८१ को छ महिनामा रु.६४ अर्ब ९५ करोड बराबरको साधारण शेयर, रु.९ अर्ब ५३ करोड बराबरको बोनस शेयर, रु.६ अर्ब १० करोड बराबरको हकप्रद शेयर र रु.३ करोड बराबरको एफपीओ गरी कुल रु.८० अर्ब ६१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.९ अर्ब ८० करोड बराबरको साधारण शेयर, रु.६ अर्ब २ करोड बराबरको डिबेन्चर, रु.५ अर्ब ४६ करोड बराबरको हकप्रद शेयर र रु.३ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु.२४ अर्ब ७८ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*