नेशनल लाइफको पाँच लाख कित्ता संस्थापक शेयर बिक्रीमा

२३ माघ २०८०, मंगलवार १४:३१

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँच लाख पाँच हजार ९९१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर संस्थापक शेयरधनीले मात्र खरिद गर्न पाउनेछन् ।

कम्पनीले प्रूडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि. को नाममा रहेको ३ लाख ५८ हजार ६४ कित्ता, श्रीगणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्ट प्रा.लि. को नाममा रहेको १ लाख ३१ हजार ९८२ कित्ता र स्वदेशी सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट प्रा.लि. को नाममा रहेको १५ हजार ९४५ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय लाजिम्पाट काठमाडौंमा आवेदन दिनुपर्नेछ । बिक्री गरिने संस्थापक शेयरको मूल्य नियमानुसार हुने प्रचलित मूल्यभन्दा कम नहुने कम्पनीले बताएको छ ।

साथै, तोकिएका समयभित्र शेयरधनीहरुले खरिद आवेदन नदिएमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*