नवीकरण बीमा शुल्कको भरमा बीमा कम्पनी संचालन, दुईबाहेक सबै कम्पनीको ब्यवसायमा वृद्धि

२३ माघ २०८०, मंगलवार १४:४१

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा जीवन बीमा कम्पनीहरुले ६० अर्ब ४० लाख ३८ हजार रुपैयाँ नवीकरण बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले बीमा प्राधिकरण सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुको नविकरण बीमा शुल्क आर्जन ५.१० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा जीवन बीमा कम्पनीहरुले ५७ अर्ब ४७ करोड ४१ लाख रुपैयाँ नवीकरणमार्फत बीमा शुल्क आर्जन गरेका हुन् ।

जीवन बीमा कम्पनीहरु नवीकरण बीमा शूल्कमा वृद्धि देखिएको छ । प्रथम बीमा शुल्क घटेपनि नवीकरण बीमा शुल्कमा भने सुधार देखिएको हो । चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा एलआइसी नेपाल र राष्ट्रिय जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क मात्र घटेको प्राधिकरणको तथ्याङमा उल्लेख गरीएको छ । सबै भन्दा बढी नविकरण बीमा शुल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाइफ रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा १६ अर्ब ८७ करोेड १८ लाख रुपैयाँ नविकरण बीमा शुल्कमार्फत आर्जन गरेको हो ।

बीमा प्राधिकरणको तथ्याङ्क अनुसार नवीकरण बीमा शुल्क आर्जनको आधारमा लाइफ इन्स्योरेन्स (कर्पोरेशन) नेपाल दोस्रो स्थानमा रहेको छ । कम्पनीले यस अवधिमा सात अर्ब ५७ करोड ८९ लाख रुपैयाँ नवीकरण बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, हिमालयन लाइफको नवीकरण बीमा शुल्क आर्जन १३.७९ प्रतिशतले बृद्धि भई सात अर्ब ४ करोड ४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा भने कम्पनीको नवीकरण बीमा शुल्क आर्जन छ अर्ब १८ करोड ७० लाख रुपैयाँ रहेको थियो ।

यता, नेशनल लाइफ नविकरण बीमा शुल्क आर्जन गर्ने जीवन बीमा कम्पनीहरु मध्यको चौथो नम्बरमा रहेको छ । यस अवधिमा कम्पनीका नवीकरण बीमा शुल्क ८.५२ प्रतिशतले बढेर छ अर्ब ५७ करोड ६७ लाख रुपैयाँ पुगेको छ ।

सरकारी स्वामित्व रहेको राष्ट्रिय जीवन बीमा कम्पनीको नवीकरण बीमा शुल्क २३.३५ प्रतिशतले घटेर चार अर्ब ४४ करोड दुई लाख रुपैयाँ आर्जन गरेको छ ।

पुष महिनासम्ममा सूर्यज्योति लाइफले तीन अर्ब ३१ करोड ७७ लाख रुपैयाँ, एशियन लाइफले दुई अर्ब ९४ करोड ५० लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले दुई अर्ब १४ करोड १२ लाख रुपैयाँ, मेट लाइफले दुई अर्ब ८ करोड रुपैयाँ, सिटिजन लाइफले एक अर्ब ९४ करोड रुपैयाँ, प्रभु महालक्ष्मीले एक अर्ब ६३ करोड रुपैयाँ, आइएमई लाइफले एक अर्ब ४३ करोड रुपैयाँ, रिलायबल नेपालले एक अर्ब २८ करोड रुपैयाँ र सन नेपालले एक अर्ब ११ करोड रुपैयाँ नवीकरण बीमा शुल्क आर्जन गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*