नातिनीको पास्नीमा हजुरबुवाले दिए बीमा पोलिसी उपहार

२३ माघ २०८०, मंगलवार १७:५०

काठमाडौं । नातिनीको पास्नीको अवसर पारेर एक हजुरबुवाले २० लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएका छन् ।

चाडपर्व तथा उत्सवमा महंगो गिफ्ट र अनावश्यक भोजभतेरमा फजुल खर्च गर्न पछाडि नहट्ने हाम्रो समाज बद्लिदो समयसँगै केही सभ्य र भविष्यप्रति चिन्तित देखिन थालेको छ ।

पर्व तथा उत्सव आदिमा देखावटी खर्च गर्न छाडेर भविष्यका लागि बीमा पोलिसी उपहार दिने अभ्यास दिनानुदिन बढ्दै गइरहेको छ । यसैको एक उदाहरण स्वरुप एक हजुरबुवाले नातिनीलाई पास्नीको अवसर पारेर बीमा पोलिसी उपहार दिएका हुन् ।

काठमाडौं, जगटोल निवासी आमा पुष्पा लिम्बु र बुवा प्रदिप तामाङको छोरी प्रपुन्जल तामाङको पास्नीको अवसर पारेर हजुरबुवा पूर्ण लिम्बुले २० लाख रुपैयाँको सुनौलो जीवन किरण बीमा योजना उपहारस्वरुप दिएका छन् ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीसँग सहकार्य गरी हजुरबुवा पूर्ण लिम्बुले उक्त बीमा पोलिसी नातिनीकी आमा पुष्पा लिम्बुलाई दिएका हुन् ।

यस प्रकारको कार्यले समाजमा बीमाप्रति सकारात्मक सन्देश प्रवाह हुने विश्वास कम्पनीले लिएको छ । क्षणिक रमझमका लागि अनावश्यक खर्च गर्नुभन्दा बीमा पोलिसी उपहार दिनु उत्तम विकल्प रहेको बीमा जानकारहरु बताउछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*