एशियन लाइफको संचालकमा राजभण्डारी नियुक्त

२५ माघ २०८०, बिहीबार १२:३१

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालकमा शिला राजभण्डारी नियुक्त भएकी छिन् ।

कम्पनीको सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने संचालक पद रिक्त अवस्थामा रहेको थियो । कम्पनीको माघ २४ गते बसेको संचालक समितिको १९० औं बैठकले रिक्त संचालक पदमा बाँकी कार्यकालको लागि प्रथम इन्भेष्टमेन्ट प्रा.लि. को तर्फबाट राजभण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई माघ २४ गतेकै दिनदेखि लागु हुनेगरी नियुक्त गरिएको कम्पनी सचिव प्रकाश सिंह कठायतले जानकारी दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*