नेपाल बीमा प्राधिकरणमा १६ जनालाई रोजगारको अवसर (सूचनासहित)

२६ माघ २०८०, शुक्रबार १०:४५

काठमाडौं । नेपाल बीमा प्राधिकरणले १६ जनाका लागि दरखास्त आह्वान गरेको छ । प्राधिकरणले रिक्त रहेको विभिन्न पदहरुमा खुला, समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ ।

प्राधिकरणले सहायक दिर्नेशकको अधिकृत तृतीयको प्रशासन तर्फ १० जना तथा कानुन तर्फ २ जना, सहायक निर्देशक (सूचना प्रविधि) पदको अधिकृत तृतीय प्रशासन तर्फ १ जना र सहायक प्रथम प्रशासन तर्फ ३ जनाको माग गरेको छ ।

तोकिएबमोजिमको योग्यता पुगेका इच्छुक व्यक्तिले फागुन २६ गतेसम्म र दोब्बर दस्तुर तिरी चैत्र ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*