डिजिटल इन्स्योरेन्स पोलिसी मागर्दशनको मस्यौदा तयार, राय माग

२६ माघ २०८०, शुक्रबार ११:१६

काठमाडौं। नेपाल बीमा प्राधिकरणले डिजिटल इन्स्योरेन्स पोलिसी गाइडलाइन २०८० को मस्यौदा तयार पारेको छ । लामो समयदेखि अध्ययन गरिहरहेको बिषयमा प्राधिकरणले मस्यौदा तयार पार्दै जानकारबाट थप राय माग गरेको हो ।

भौतिक रुपमा हुँदै आएको बीमा सम्बन्धी कामहरु अनलाइनबाटै गर्न सकिने गरि प्राधिकरणले गाईडलाइन तयार पारेको हो ।

बिमितले भौतिकरुपमा उपस्थित भएर इन्स्योरेन्स गर्नुपर्ने बाध्यतालाई हटाउने अपेक्षा सहित गाइडलाईन मस्यौदा तयार पारेको प्राधिकरणले जनाएको छ ।

मस्यौदा अनुसार अब जीवन, निर्जीवन, लघु तथा पुनर्बिमा कम्पनीहरुले डिजिटल प्लाटफर्म निर्माण गर्नुपर्नेछ । जहाँ बीमितले अनलाईबाटै इन्स्योरेन्स पोलेसी खरिद,सरेण्डर तथा बीमा दाबीभुक्तानी समेत गर्न सक्नेछन् ।
प्राधिकरणले मस्यौदा तयार पार्दै बीमा कम्पनीहरुले आइटी क्षेत्रमा गर्दै आएको लगानी थप बढाउनुपर्ने उल्लेख गरेको छ ।

प्रविधिमत्री तथा पारदर्शी बनाउनका लागि प्राधिकरणले डिजिटल इन्स्योरेन्स पोलेसी गाइडलाईन २०८० को मस्यौदा तयार पारेको हो । प्राधिकरणले फागुन २ गते भित्र मस्यौदा उपर जानकारबाट सुझाव माग पनि गरेको हो ।

Digital-Insurance-Policy-Guideline-2080-7th-FEB-2024

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*