एशियन लाइफको खुद बीमाशुल्क नौ प्रतिशतले बढ्यो, मुनाफा पौने १६ करोड

२८ माघ २०८०, आईतवार ०६:४४

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले १५ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११।४५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले १४ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क ९।६१ प्रतिशत बढेको छ भने खुद दाबी भुक्तानी ८।२३ प्रतिशत बढेको छ। त्यसैगरी, इन्स्योरेन्सको कुल आम्दानी ९।६३ प्रतिशत बढेको छ भने कुल खर्च ३।५६ प्रतिशत बढेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ९० पैसा बढेर १० रुपैयाँ १३ पैसा पुगेको छ। पुस मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ६७।८६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ९३ पैसा रहेको छ।

३ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा २१ करोड रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ४४ करोड ८१ लाख रुपैयाँ र अन्य इक्विटीमा ३ करोड ८ लाख रुपैयाँ रहेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*