प्रभु महालक्ष्मी लाइफको मुनाफा र बीमाशुल्क आर्जन दुबै बढ्यो

२८ माघ २०८०, आईतवार ०७:२४

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार यस त्रैमाससम्म्मा कम्पनीको खुद मुनाफा र कुल बीमाशुल्क आर्जन वृद्धि भएको छ ।

दोस्रो त्रैमासको अवधिसम्ममा कम्पनीको खुद मुनाफा ३६ प्रतिशतले वृद्धि भएर १७ करोड ६४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले १२ करोड ९६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो।

त्यस्तै, समिक्षा अवधिमा कम्पनीको बीमाशुल्क आर्जित रकम गत बर्षको तुलनामा ९६ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक बर्षमा १ अर्ब ३ करोडको बीमा व्यवसाय गरेको कम्पनीले यस बर्ष झण्डै शतप्रतिशतले वृद्धि गरेर २ अर्ब ३८ करोड रुपैयाँ पुराएको छ ।

कम्पनीले मर्जर पछि जीवन बीमा शुल्क आर्जनमा दोब्बरले बृद्धि गरेको छ । कम्पनीले समिक्षा अवधिमा २ अर्ब ३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा एक अर्ब ३ करोड मात्रै थियो । प्रतिशेयर आम्दानी ८ रुपैयाँ रहेको छ । समिक्षा अवधिमा ७१ करोड ९९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । व्यवसायमा सुधार सँगै अभिकर्ताले पाउने कमिशन पनि बढेर २३ करोड ८ लाख खर्च भएको छ ।

कम्पनीको जीवन बीमा कोष ८ अर्ब ५१ करोड नाघेको छ । कम्पनीको चुक्ता पूँजी ४ अर्ब २९ करोड पुगेको छ भने जगेडा कोषमा ६६ करोड ८६ लाख रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*