मेट लाइफको नाफा १९ करोड ३८ लाख माथि, कुल बीमा शुल्क आर्जनसहित कस्ता छन् अन्य सूचक ?

२८ माघ २०८०, आईतवार ११:४१

काठमाडौं । मेट लाइफले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार यस अवधिसम्ममा कम्पनीले १९ करोड ३८ लाख रुपैयाँ ५० नाफा नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ३३.५३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ५१ लाख ६८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीको जीवन बीमा कोष ६.१० प्रतिशतले बढेर २५ अर्ब ३२ करोड ९५ लाख रुपैयाँ रहेको छ ।

पुष मसान्तसम्ममा कम्पनीको महाविपत्ति कोषमा ४६ करोड ५२ लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ४.३४ प्रतिशतले बढी हो । गत वर्ष महाविपत्ति कोषमा ४४ करोड ५८ लाख रुपैयाँ थियो ।

कम्पनीको कुल बीमा शुल्क आर्जन २ अर्ब ६८ करोड ६४ लाख रुपैयाँ रहेको छ । जुन गत वर्ष २ अर्ब ५० करोड २७ लाख रुपैयाँ रहेको थियो। कुल बीमा शुल्क आर्जन ७.३४ प्रतिशतले बढेको हो ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ७.३६ प्रतिशतले बढेर २ अर्ब ५८ करोड ४८ लाख रुपैयाँ र खुद दाबी भुक्तानी ३ अर्ब ४ करोड ६६ लाख रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*