नेपाल पुनर्बीमा कम्पनीले ४ संस्थापकको ३५ लाख कित्ता सेयर बिक्रीमा ल्याउने, न्यूनतम मूल्य कति ?

२८ माघ २०८०, आईतवार १२:५८

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीले ३५ लाख कित्ता सेयर बिक्रीमा आउने भएको छ । कम्पनीले चार संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको ३५ लाख ८७ हजार ४३४ कित्ता सेयर सेयर फागुन ८ गतेदेखि विक्रीमा आउन लागेको हो ।

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको स्वामित्वमा रहेको २० लाख कित्ता, ग्लोबल आइएमई क्यापिटल लिमिटेडको स्वामित्वमा रहेको १ लाख ८७ हजार ४३४ कित्ता, हाथवे इन्भेष्टमेन्ट नेपालको स्वामित्वमा रहेको ६ लाख ५० हजार कित्ता र आइएमई लिमिटेडको स्वामित्वमा रहेको ७ लाख ५० हजार कित्ता रहेको छ ।

उक्त संस्थापक सेयर प्रतिकित्ता २८० रुपैयाँ अंकित मूल्यमा आवेदन दिन सकिनेछ । सेयरमा इच्छुक विद्यमान संस्थापक सेयरधनीले चैत १२ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन दिँदा ग्लोबल आइएमई क्यापिटल लिमिटेडको स्वामित्वमा रहेको शेयर खरीदका लागि न्यूनतम १ लाख ८७ हजार ४३४ कित्ता र आइजीआईको स्वामित्वमा रहेको शेयर खरीदका लागि न्यूनतम २० लाख कित्ता माग गर्नुपर्ने व्यवस्था छ ।

बोलपत्र आवेदन फारम विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड नक्साल, काठमाडौंबाट ५०० रुपैयाँ नगद भुक्तानी गरी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*