रिलायबल नेपाल लाइफको बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

२९ माघ २०८०, सोमबार १८:०७

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सातौं वार्षिक साधारण सभा कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ ।

सभाले नियमित एजेण्डाहरु सञ्चालक समितिको चौथो वार्षिक प्रतिवेदन, आ.व. २०७९/०८० को सहायक कम्पनी रिलायवल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लि. सहितको एकिकृत वित्तीय विवरणहरु, लेखापरीक्षकको नियूक्तीका साथ शेयरधनीहरुलाई १६ प्रतिशत वोनस शेयर र ०.८४ प्रतिसत नगद लाभांश पारित, सो अनुरुप पूँजी वृद्धि गर्ने र प्रवन्धपत्रका सम्वद्ध दफाहरु संशोधन गर्ने साधारण तथा विशेष प्रस्तावहरु पारित गरेको छ ।

वार्षिक साधारण सभावाट कम्पनीमा पहिलो पटक सर्वसाधारण शेयरधनीहरुको तर्फवाट देहाय वमोजिमका सञ्चालकहरु निर्विरोध निर्वाचित हुनु भएको छ । संचालकद्धय डा. भिष्म कार्की र दिवेश लोहनी निर्वाचित भएका हुन् ।

यसै वर्ष सर्वसाधारणमा प्रिमियममा शेयर जारी गरेको कम्पनीको कम्पनीको चुक्ता पुँजी रु. ४ अर्व ६४ करोड पुरा भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*