एलआईसी नेपालको नयाँ बोनसदर सार्वजनिक, कुन पोलिसीमा बोनसदर कति?

११ फाल्गुन २०८०, शुक्रबार ०७:०५

काठमाडौंं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडले गत आवको वित्तीय विवरणको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको बोनसदर अनुसार सावधिक, जीवन बीमा, जीवन साथी र जीवन श्री बीमा योजनामा बीमितले न्यूनतम ५१ रुपैयाँदेखि ६१ रुपैयाँसम्म प्रतिवर्ष र प्रतिहजार रुपैयाँ बोनस पाउनेछन् ।

त्यस्तै, जीवन आनन्द बीमा योजनामा बीमालेख अवधिअनुसार बीमितले ५० रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनस प्राप्त गर्न सक्ने भएका छन् । कम्पनीले बाल सावधिक बीमा योजनामा बीमालेख अवधिअनुसार न्यूनतम ५१ रुपैयाँदेखि ६४ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

त्यसैगरी, धन वृष्टि बीमा योजनामा न्यूनतम ५५ रुपैयाँदेखि ५७ रुपैयाँसम्म बोनसदर तोकिएको छ । धनफिर्ता बीमा योजनामा भने बीमालेख अवधि अनुसार न्यूनतम ५६ रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनस पाउने भएका छन् ।

यता, बाल ममता र बाल स्नेह बीमा योजनामा बीमालेख अवधिअनुसार बीमितले ५५ रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनस पाउने भएका छन् भने जीवन तरंग बीमा योजनामा न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ४५ रुपैयाँसम्म बीमितले बोनस पाउने भएका छन् ।

कम्पनीले न्यू जीवन तरंगमा बीमालेख अवधिअनुसार न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म बोनस दिने भएको छ । त्यसैगरी कम्पनीले जीवन बचत बीमा योजनामा बीमालेखको अवधि अनुसार न्यूनतम ४१ रुपैयाँदेखि ६१ रुपैयाँसम्म बोनस दिने निर्णय गरेको छ ।

कम्पनीले जीवन लाभ बीमा योजनामा न्यूनतम ५१ रुपैयाँदेखि ५५ रुपैयाँसम्म बोनस दिने भएको छ भने लघु सावधिक बीमा योजनामा सबै अवधिका बीमालेखमा ४१ रुपैयाँ बोनस दिने भएको छ । कम्पनीले सार्वजनिक गरेको यो बोनसदर नेपाल बीमा प्राधिकरणबाट अर्काे व्यवस्था नभए सम्मको लागि कायम रहने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*