बजारका पसलमा सहकारीका पासबुक छन्, सहकारीमा समस्या आउदा आर्थिक गतिविधि ठप्प भाेः गभर्नर अधिकारी

१४ फाल्गुन २०८०, सोमबार १५:०५

काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले सहकारीका समस्याले बैंकमा मार परेकाे बताएका छन् ।

नेपाल बैंकर एशाेसिएसनले आयाेजना गरेकाे कार्यक्रममा गभर्नर अधिकारीले भने, ‘बजारका पसलहरूमा सहकारिका पासबुक छन्, एउटै पसलमा ४।५ वटा पासबुक छन् । सहकारीबाटै उहाँहरूकाे सानाेतिनाे काराेबार हुँदै आएकाे थियाे । सहकारीकाे समस्या आएपछि बजारमा असर पर्याे ।’

गभर्नर अधिकारीले देशकाे अवस्था ठिकठाक भएपनि जनताकाे मनाेभावना ठीक हुन समय लागेकाे बताए । अधिकारीले विशेष नियामकीय संस्था नियमन गरेर सहकारी सुधार गर्न सकिने र आफूले प्रस्ताव पेश गरेकाे बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*