बीमा प्राधिकरणद्धारा लेख रचना उपलब्ध गराउन आह्वान

१४ फाल्गुन २०८०, सोमबार १६:१६

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले ५६औं वार्षिकोत्सवको अवसरमा प्रकाशित बीमा समाचार र विचार विशेषाङ्कको लागि लेख रचना उपलब्ध गराउन अनुरोध गरेको छ ।

प्राधिकरणको २०८१ जेठ १ गते हुन गइरहेको वार्षिकोत्सवको अवसरमा समग्र अर्थतन्त्र, वित्त, बैंङक, बीमा, पूँजीबजार, ब्यवस्थापन, सूचना प्रविधि लगायतका विषयसँग सम्बन्धित लेख रचनाहरु समावेश गरी तथ्यपरक तथा विश्लेषणात्मक लेख रचना पठाउन आग्रह गरेको छ । लेख रचना पठाउदा कम्पनीमा २ सय शब्दसम्मको नेपाली वा अङग्रेजी भाषामा, प्रिति वा टाइम् न्यु रोमन फन्डमा चैत मसान्तसम्म प्राधिकरणको इमेलमा पठाउन सकिनेछ ।

साथै, लेख रचना छनौट तथा प्रकाशनको सम्पूर्ण अधिकार प्राधिकरण रहने र छनौट भएका लेख रचनाको लागि पारिश्रमिकको समेत ब्यवस्था गरेको प्राधिकरणले जनाएको छ ।

लेख-रचना-सूचना

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*