एशियन लाइफको संस्थापक शेयर बिक्रीमा

१५ फाल्गुन २०८०, मंगलवार ०८:४२

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीले मात्र खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।

सो शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय मैतिदेवी, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

कम्पनीले बिक्री गर्न लागेको शेयर संख्या खुलाएको छैन । यस शेयरको बिक्रीमूल्य भने बिक्रेताले तोकेबमोजिम हुने सूचनामा उल्लेख गरिएको छ ।

साथै, तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*