एशियन लाइफले माग्यो १० जना कर्मचारी

१५ फाल्गुन २०८०, मंगलवार ०९:२०

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले योग्यता पुगेका १० इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ । कम्पनीले ट्रेनि असिस्टेनटको एकाउन्ट एण्ड फाइनान्स तर्फ ८ जना र आईटी डिपार्टमेन्टतर्फ दुई जना कर्मचारी माग गरेको हो ।

यसका लागि सम्बन्धित विषयबाट कम्तीमा प्लस टू उत्तीर्ण गरेको र कम्प्युटरसम्बन्धी आधारभूत ज्ञानभएको हुनुपर्नेछ । ब्याचलर डिग्री उत्तीर्ण गरेका र अनुभव भएकालाई प्राथमिकता दिइनेछ ।

उमेरको हदमा भने २५ वर्ष नकटेको हुनुपर्नेछ । योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजातसहित फागुन २१ गतेभित्र आवेदन दिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*