लघु निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ७ करोडमाथि, कुन कम्पनीको कति ?

१५ फाल्गुन २०८०, मंगलवार १५:४९

काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्ने लघु बीमा कम्पनीहरुले माघ महिनासम्म ७ करोड बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । तीनवटा लघु निर्जीवन बीमाकम्पनीहरुले कुल ३१ हजार ८८१ बीमालेख जारी गरेर माघमसान्तसम्म ७ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।

जसमा नेपाल माइक्रोले माघमसान्तसम्म तीन करोड ६५ लाख, प्रोटेक्टिभ माइक्रोले दुई करोड ३२ लाख र स्टार माइक्रो इन्स्योरेन्सले एक करोड ७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।

लघु निर्जीवन बीमा कम्पनीहरुले माघ महिनामा मात्रै दुई करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । उनीहरुले ११ हजार ५६० बीमालेख जारी गरेर दुई करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।

माघ महिनामा नेपाल माइक्रोले सबैभन्दा बढी एक करोड २७ लाख कुल बीमाशुल्क आर्जन गरेको छ भने प्रोटेक्टिभ माइक्रोले ६७ लाख र स्टार माइक्रो इन्स्योरेन्सले ५९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*