भोलि बीमा अभिकर्ताहरुको परिक्षा दुई सिफ्टमा संचालन हुने

१५ फाल्गुन २०८०, मंगलवार १७:०३

काठमाडौं । जीवन बीमा कम्पनीका बीमा अभिकर्ताहरुको परिक्षा भोलि बुधबार संचालन हुने भएको छ । नेपाल बीमा प्राधिकरणले दिएको जानकारी अनुसार उक्त परिक्षा दुई सिफ्टमा संचालन हुने भएको हो ।

पहिलो सिफ्टमा ११ बजेदेखि साढे १२ तथा १ बजेदेखि परिक्षा सुरु भइ साढे २ बजेसम्म संचालन हुनेछ ।

त्यस्तै, दोस्रो सिफ्ट अन्तर्गत साढे १ बजेबाट सुरु भई साडे २ बजेसम्म र ३ बजेदेखी साढे ४ बजेसम्म परिक्षा चल्ने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*