बीमाको दायरा घट्यो

१७ फाल्गुन २०८०, बिहीबार १७:०९

काठमाडौं । बीमाको दायरा घटेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको छ।

गत बर्षको तुलनामा बीमाको दायरा तीन प्रतिशतले घटेर ४३ दशमलव १३ प्रतिशतमा झरेको छ। गत बर्षको सोहि अवधिमा बीमा कम्पनीहरुको दायरा ४४ दशमलव ७० प्रतिशत रहेको थियो ।
आर्थिक मन्दी र देशको प्रतिकृल अवस्थाको कारण बीमा कम्पनीहरुको दायरा घट्न पुगेको बीमा अधिकारीहरु बताँउछन् ।

आर्थिक मन्दिको असर बीमा क्षेत्रमा देखापर्न थालेको छ। यति बेला कम्पनीको बीमा व्यवसायमा समेत ठूला असर पारेको बीमा कम्पनीहरुले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । निर्जिवन बीमा कम्पनीहरुको अवस्था हेर्ने हो भने एक महिनामा १८ प्रतिशतले सम्म घट्न पुगेको छ।

सम्रगमा बीमा कम्पनीको बार्षिक व्यवसाय दुई दशमलव ७५ प्रतिशतले बढेको छ।

जसमा जीवन बीमाको कुल बीमा व्यवसाय ४।२४ प्रतिशतले बढेको छ भने निर्जिवन बीमा कम्पनीहरुको व्यवसाय २ दशमलव ७५ प्रतिशतले घटेको बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ।

बीमको दायरमासँगै बीमा कम्पनीहरुको कार्यलयहरु पनि घटेको छ । पछिल्लो एक वर्षमा बीमा कम्पनीको शाखाहरु ९.२५ प्रतिशतले घटेको हो । हाल बीमा कम्पनीहरुको कार्यालय संख्या २ हजार ८९४ वटा रहेको थियो । गत आवको सोहि अवधिमा बीमकको कार्यालयहरु ३ हजार १८९ वटा थियो ।

कार्यालयसँगै बीमन क्षेत्रमा काम गर्ने कर्मचारीको संख्यामा समेत गिरावट आएको छ । गत आवको माघ मसान्तसम्म बीमा क्षेत्रमा कार्यरत कर्मचारीको संख्या ११ हजार ५ सय ३४ जना रहेको थियो । हाल ०.५७ प्रतिशतले घटेर ११ हजार ४७२ जनाले बीमा कम्पनीहरुमा काम गरिरहेका छन् । जसमध्ये जीवन बीमा कम्पनी तर्फ २.२९ प्रतिशतले कर्मचारी घटेका हुन् । निर्जीवन तर्फ भने १.२५ प्रतिशतले कर्मचारी बढेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*