कुमारी बैंकको ६.४१ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

१८ फाल्गुन २०८०, शुक्रबार ११:३२

काठमाडौं । कुमारी बैंक लिमिटेडले ६ जना संस्थापक शेयरधनीहरुको नाममा रहेको ६ लाख ४१ हजार २८४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

बैंकले बिक्रीमा ल्याएको यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । यस शेयरको मूल्यभने बिक्रेताले तोकेबमोजिम हुने सूचनामा उल्लेख गरिएको छ ।

उक्त शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड नक्साल–काठमाडौं वा बैंकको प्रधान कार्यालय टंगाल–काठमाडौंमा खरिद आवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट आवेदन नपरेको खण्डमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*