नेप्सेमा ७ कम्पनीको १ करोड ८१ लाख कित्ता बोनस सेयर सूचीकृत

१८ फाल्गुन २०८०, शुक्रबार १२:१५

काठमाडौँ । एक साता (फागुन १३ गतेदेखि १७ गते) सम्ममा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साढे १ करोड कित्ता बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा ९ कम्पनीको १ करोड ८१ लाख ३४ हजार ७४३ कित्ता सेयर सूचीकृत भएको हो ।

नेप्सेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १०.५० प्रतिशत बराबरको ४४ लाख ९८ हजार ०७७.३७ कित्ता, नेपाल इन्स्योरेन्सको १० प्रतिशत बराबरको १४ लाख ९४ हजार ७६६ कित्ता, शिवम सिमेन्टको १४.२५ प्रतिशत बोनस बापतको ६२ लाख ७० हजार कित्ता र राधि विद्युतको ४.७५ प्रतिशत बापतको ७ लाख ९६ हजार ९०.४१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

साथै, हाथेव इन्भेष्टमेन्टको १० प्रतिशत बोनस बापतको २३ लाख ४० हजार कित्ता, सिटिजन लाइफको ५ प्रतिशत बोनस बापतको १८ लाख ७५ हजार कित्ता र फस्र्ट माइक्रोफाइनान्सको ७.५० प्रतिशत बोनस बापतको ८ लाख ६० हजार ८०९.४६ कित्ता बोनस सूचीकृत भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*