सहकारीको रकम हिनामिना गर्नेलाई कारबाही गर्न सरकारसँग माग

१८ फाल्गुन २०८०, शुक्रबार १३:३८

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिपक गिरीले जुनसुकै दलमा लागेको र जतिसुकै शक्तिशाली भएपनि सहकारीको रकम हिनामिना गर्नेलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले ‘ग्यालेक्सी टिभीको अध्यक्ष रहेको जिबी राइ समूहले पोखराका १८ हजार बढी बचतकर्ताको एक अर्ब ३५ करोड हिनामिना गरेको निष्कर्ष पोखरा महानगरको अध्ययन समितिले निकालेको’ स्मरण गरे ।

पोखराको सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाबाट अपचलन गरेको भनी जाहेरी पनि परेको तर, कारबाही प्रक्रिया अगाडि नबढेको भन्दै उनले सरकारको ध्यानाकर्षण गरेका हुन् ।

‘जिबी राइ समुशाट ४९ हजार सर्वसाधारणको ७ अर्ब हिनामिना गरेको अनुमान छ’ उनले प्रश्न गरे, ‘आम जनताको अबौं रकम कहिले कसरी फिर्ता हुने हो रु यो बारेमा सरकार के सोचिरहेको छ । दोषीहरुले कहिले सजाय पाउने हुन रु’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*