एशियन लाइफको बार्षिक साधारणसभा सम्पन्न, हकप्रद र बोनस प्रस्ताव पारित

१८ फाल्गुन २०८०, शुक्रबार १४:३९

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले आफ्नो १६ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।साधारणसभाले कम्पनीको हाल कायम चुक्तापूँजीको ७।७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ०।४०७८ प्रतिशत नगद लाभांश वितरण सम्बन्धी प्रस्ताव पारित गरेको छ।

यस्तै, ७।७५ प्रतिशत बोनस सेयर वितरणपछि कायम हुने चुक्तापूँजीको ४२ प्रतिशत९१ः०।४२०को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ।

बोनस सेयर र हकप्रद वितरणपछिको हदसम्म जारी र चुक्तापूँजी स्वीकृतिको अजेण्डा बैठकले पारित गरेको छ।

सेयर संरचना परिवर्तनपछि सञ्चालक समितिको संरचनामा समेत परिवर्तन गर्नका लागि सञ्चालक समितिमा संस्थापक समूहबाट ३ जना, सर्वसाधारण समूहबाट २ जना र एकजना स्वतन्त्र सञ्चालक रहने गरी जम्मा ६ जनाको सञ्चालक समिति कायम रहने र सोही बमोजिम नियमावलीमा आवश्यक संसोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ।

One thought on “एशियन लाइफको बार्षिक साधारणसभा सम्पन्न, हकप्रद र बोनस प्रस्ताव पारित

  1. प्रकाश says:

    म पनि एजेन्ड हुँदै थिए राम्रो सग बुझ्न् सकिन हजुर

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*