दुई वाणिज्य बैंकबाहेक सबैको शेयर मूल्यमा गिरावट, न्यूनतम १ सय देखि ५ सयसम्म शेयर किन्न पाईने

१८ फाल्गुन २०८०, शुक्रबार १५:३३

काठमाडौं । यो साता नेप्सेमा समग्रमा ३३।७४ अंबले घटेको छ। गचत साता ओरालो यात्रामा बन्द भएको नेप्सेमा यो साता भने केही सकारात्मक नै रहेको छ। बैंकको शेयर किन्न चाह्ने लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँदेखि अधिकतम ५ सय रुपैयाँसम्म किन्न पाउनेछन् ।

नेप्सेमा उत्तारचढाव आँउदा बैंकिङ क्षेत्रलाई असर परेको छ । पछिल्लो एक महिना बैंकिङ्ग क्षेत्रमा असर पर्ने थुप्रै समाचारहरु सम्प्रेषण भएको कारण पनि बैंकिङ्ग क्षेत्रको शेयरमा ओरालो लागेको छ।

एनएमबी बैंकको शेयर मूल्यमा सामान्य सुधार देखिएको छ भने प्राईम कर्मशीयल बैंकको शेयर मूल्य स्थिर भएको छ भने बाँकि सबैको शेयर मूल्यमा गिरावट आएको छ।

एनएमबी बैंकको शेयर मूल्य शून्य दशमलव १ प्रतिशतले बढेर कम्पनीको शेयर मूल्य १७७ रुपैयाँमा कायम भएको छ भने प्राईम कर्मशीयल बैंकको शेयर मूल्य स्थिर भएर १९० रुपैयाँमा कायम भएको छ।
शेयर भाउको आधारमा हेर्ने हो भने स्टान्डर्ड च्यार्टड बैंकको शेयर मूल्य सबैभन्दा अग्रस्थामा रहेको छ । बैंकको शेयर मूल्य ५ सय ५ रुपैयाँ रहेको छ।

त्यस्तै, एभरेष्ट बैंकको शेयर मूल्य ४९९ दशमलव १ रुपैयाँ रहेको छ।

तेस्रोमा नबिल बैंक रहेको छ । बैंकको शेयर मूल्य ४२९ रुपैयाँ रहेको छ।

पछिल्लो समय विभिन्न कारण आम सर्वसाधारणको क्रासमा रहेको एनआईसी एशिया बैंकको शेयर मूल्य ४१२ रुपैयाँ रहेको छ। बाँकिको शृेयर मूल्य ३ सय रुपैयाँ मुनि नै रहेको छ।

त्यस्तै, सबैभन्दा कम प्रभु बैंकको शेयर मूल्य १४१ रुपैयाँ रहेको छ भने कुमारी बैंकको १४० रुपैयाा रहेको छ।

Sources: Nepse

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*